• २६ भदौ २०८३, शुक्रबार
  • १०ः५६ बिहान

लकडाउन खुकुलो भएसँगै उपत्यका छिर्नेहरूको संख्या बढ्दो

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार १२:३४

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) बाट बच्न सरकारले लगाएको लकडाउनको आज ८५ औं दिन भइसकेको छ । लकडाउनका कारणले जनजिवन एकदमै प्रभावित बनेकाले सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ । त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ । उपत्यकामा पसल व्यवसायको बहाना बनाएर काठमाडौं छिर्नेहरूको संख्या बढ्दो छ ।

National Life

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार उपत्यकामा लकडाउन खुकुलो गरेपछि नाकाहरूमा ओहोरदोहोर गर्नेको भीड बढेको छ । वृत्तका अनुसार बिनापास उपत्यका छिर्न खोज्ने एक सय १५ जनालाई सोमबार फिर्ता गरिएको छ। एक सय पाँचजना पास देखाई उपत्यकामा प्रवेश गरेका छन् । तर उपत्यकामा पसल सञ्चालन गरेको र थानकोटनजिकै बसेको भन्दै केहीले बहाना पनि बनाउने गरेका छन् ।

प्रहरीले बिनापास टाढाबाट आए पनि फर्काउने भएकाले पास जारी गरेर मात्रै उपत्यका प्रवेश गर्न सबैलाई आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया