रेडक्र्स गुण्डू उपशाखाद्धारा जगातीमा सवारी साधन निर्मलीकरण
प्रकाशित मिति
२०७७ बैशाख २१ गते, आईतवार ०५:३८
भक्तपुर, नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आइवतार भक्तपुरको जगातीमा सर्वजनिक सवारी साधनहरु निर्मलीकरण गरेको छ । उपशाखाका आयोजना र जिल्ला शाखा भक्तपुरको समन्वयमा जगाती स्थित प्रहरी बिट अगाडी विभिन्न सवारी साधनलाई निर्मलीकरण गरेको हो ।

उक्त कार्यमा गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेत, उपसभापति राजु खतिवडा, सचिव राजाराम वाग्ले, कोषाध्यक्ष गणेश वाग्ले, सहसचिव अनिता बस्नेत, सदस्य मञ्जु थापा, शुशील बस्नेत, नगेन्द्र सापकोटा र राजु थापा लगायतका जिल्ला शाखा भक्तपुरका प्रतिनिधि, कर्मचारी र विभिन्न स्वयम्सेवकहरुको सहभागिता रहेको थियो ।
उपशाखाले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म साँघा तर्फबाट आउने सवारी साधनलाई बाटोमै रोकाएर सवारी साधनलाई पम्पले निर्मलीकरण गरेको हो । धातुमा कोरोना भाइरस लगायतका अन्य जिवाणु लामो समयसम्म जिवित रहन सक्ने र उक्त निर्मलीकरण कार्यले जिवाणु नष्ट हुने भएकाले उपशाखाले सवारी साधन निर्मलीकरण कार्य गरेको गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला शाखाको आग्रहमा भक्तपुरका सबै रेडक्रस् उपशाखाले वैशाख १ गतेदेखि नै जडिवुटी, जगाती लगायतका हाइवेमा सवारी साधन निर्मलीकरण गर्ने कार्य गर्दै आएको छ । यस कार्यलाई जिल्ला शाखा भक्तपुरले अगामी दिनमा पनि निरन्तरता दिने जनाइएको छ । जिल्ला शाखाको आग्रहमा उपशाखा गुण्डूले कोरोना भाइरसको संक्रमण फैलन नदिने लगायतका अन्य विपत न्यूनिकरण सहयोग पुग्ने कार्य गर्दै आएको छ ।



प्रतिकृया