• २४ भदौ २०८३, बुधबार
  • १०ः४७ राती

लकडाउनको मारमा परेका यातायात मजदुरलाई राहत वितरण

प्रकाशित मिति

२०७७ बैशाख २० गते, शनिबार ०९:१०

 

National Life

भक्तपुर । नेपाल यातायात स्वतन्त्र मजदुर भक्तपुर मिनीबस ईकाईले लकडाउनको समयावधी पटक पटक थप भएपछि रोजगार विहीन भएका यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रालिसँगको सहकार्यमा दैनिक उपभोग्य समाग्री राहत वितरण गरेको हो । लामो समय सम्म यातायात सेवा थप्प भएपछि आर्थिक अभावले दैनिकी चलाउन र चुलो बाल्न मुस्किल भएपछि संगठनले आफनो मातहतका ५० चालक र सहचालकहरुलाई खाद्यान्न राहत वितरण गरेको हो ।

आज विहान कमलविनायकमा संगठन तथा प्रालिका प्रदाधिकारीहरुले यातायता मजदुरहरुलाई १२ केजी चामल, दाल, नुनतेल, आलु लगायतको दैनिक उपभोग्य समाग्री वितरण गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाग्मती प्रदेशका सचिव प्रकाश वस्नेतले जानकारी दिनुभयो । लकडाउनले जनजिवन प्रभावित भएपछि आफना मातहातका मजदुरलाई राहत दिएको र आवाश्यकता अनुसार फेरी पनि वितरण गरिने संगठनका पुर्व अध्यक्ष राजन कार्कीले बताउनुभयो ।
ख्वप भक्तपुर मिनिबस यातायात प्रालि अन्तर्गत ५ सय भन्दा बढी चालक सहचालक कार्यरत रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया