प्रधानमन्त्रीले गरे आत्मालोचना, स्थायी कमिटीको बैठकका लागि बैशाख २५ गते आह्वान
प्रकाशित मिति
२०७७ बैशाख २० गते, शनिबार ०९:२८
काठमाडौं । सत्तारुढ दल नेकपाले स्थायी कमिटी बैठक बोलाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते ११ बजे बोलाउने निर्णय गरेको हो ।
त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको र पार्टी संचालनमा भएको कमजोरीको विषयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आत्मालोचना गरेको प्रवक्ता श्रेष्ठले बताए ।
त्यस्तै नेकपामा तीन वटा अध्यक्ष बनाउने विषयमा सामान्य छलफल भएको छ। उक्त छलफलमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन्।






प्रतिकृया