• २२ भदौ २०८३, सोमबार
  • ५ः०४ बिहान

प्रदेश १ मा कोरोना परीक्षण सामग्री अभाव

प्रकाशित मिति

२०७७ बैशाख १८ गते, बिहीबार ०९:११

विराटनगर । प्रदेश १ मा कोरोनाको सम्भावित संक्रमितको प्रयोगशाला परीक्षणका लागि सामग्री अभाव भएको छ ।

National Life

झापामा केही दिनअघि कोरोना संक्रमित देखिएपछि त्यस क्षेत्रमा एक सय ५० जना शंकास्पदको परीक्षण गर्नुपर्नेछ । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग ५० वटा मात्र स्वाब संकलन गर्ने भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) छ ।

हामीसँग पर्याप्त सामाग्री छैन, तर काम चलाउँछन्’ जनस्वास्थ्य कार्यालय झापाका उपप्रमुख जीवन चौलागाई भन्छन् ‘पर्याप्त सामग्री नहुँदा सोचेअनुसार परीक्षण गर्न सकिएको छैन ।’

Classic Tech Desktop

जिल्लामा कोरोना भाइरसका सम्भावित संक्रमितको परीक्षण गर्न पर्याप्त सामग्री नभएकाले पुन माग गरिएको चौलागाईंले जानकारी दिए ।

प्रतिकृया