• २५ भदौ २०८३, बिहीबार
  • ८ः५८ राती

कैलालीमा प्रहरी जवान मृत फेला

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०३:५५

कैलाली, जिल्लामा एक जना प्रहरी जवान मृत फेला परेका छन् । जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मृत अवस्थामा फेला परेका हुन । डोटीको सायल गाउँपालिका ६ का २९ बर्षका लोकेन्द्र बोहोरा मृत फेला परेका हुन् ।

National Life

मंगलबार साझ खाना खाएर कोठामा सुतेका उनी राति ३ बजे ड्युटिका लागि उठाउदा मृत भेटिएको इलाका प्रहरी कार्यालय खिमडीका प्रहरी साहायक निरिक्षक बहादुर सिंह ऐरीले बताए । बोहोरा १ बर्ष अघिदेखि इलाका प्रहरी कार्यालय खिमडीमा सेवा दिदै आएका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको निरिक्षक ऐरीले जानकारी दिए ।

प्रतिकृया