कञ्चनपुरमा एक हजार सात सय ८ जनाको र्यापिड टेष्ट
प्रकाशित मिति
२०७७ बैशाख १७ गते, बुधबार ०३:४९
कञ्चनपुर, कञ्चनपुरमा एक हजार सात सय ८ जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना भाइरस परीक्षण गरिएको छ । गत चैत २७ देखि सुरु गरिएको परीक्षणमा दुई जना बाहेक सबैजनाको नतिजा नेगेटिभ आएको छ । पोजेटिभ नतिजा आएका दुईजनाको पिसिआर विधिबाट परीक्षण गर्दा नजिता नेगेटिभ आएको छ । परीक्षण गर्नेमा भारतबाट फर्केकाहरु सबैभन्दा बढी छन् ।
भीमदत्तत्त नगरपालिकामा ५९०, बेदकोट नगरपालिकामा ३५२, शुक्लाफाँटा नगरपालिकामा १७३, कृष्णपुर नगरपालिकामा १५२ जनाको परीक्षण गरिएको छ । यसैगरी, पुनर्वास नगरपालिकामा १९१, बेलौरी नगरपालिकामा १७९, महाकाली नगरपालिकामा १५४, लालझाडी गाँउपालिकामा ६२ जना र बेलडाँडी गाँउपालिकामा २६ जनार्को यापिड टेष्ट गरिएको छ । यस्तै, २०५ जनाको स्वाब संकलन पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
जसमध्ये २०३ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आएकामध्ये एकजनामा संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।






प्रतिकृया