• २६ भदौ २०८३, शुक्रबार
  • १ः४३ राती

कोरोना भाइरसको रोकथाममा एक ढिक्का भई लागौं : पूर्वसभामुख महरा

प्रकाशित मिति

२०७७ बैशाख १७ गते, बुधबार ०२:५७

काठमाडौं, पूर्वसभामुख कृष्णबहादुर महराले पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अनावश्यक रुपमा विवाद सिर्जना गरी जनतामा नैरस्यता छाउने कार्य भइरहेकोमा दुःख व्यक्त गर्दै उक्त कार्य नगर्न नेतृत्वलाई अपिल गर्नुभएको छ ।

National Life

उहाँले आज एक विज्ञप्ती जारी गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा एक ढिक्का भई लाग्ने समयमा पार्टी भित्रकै आन्तरिक द्वन्द्वले कसैलाई फाईदा नहुने भन्दै त्यस्ता कार्य नगर्न आग्रह गर्नुभएको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया