• २२ भदौ २०८३, सोमबार
  • ८ः०१ राती

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा अमेरिकामा धेरै

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार १०:२०

 

National Life

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको मानिसको संख्या चीनमा भन्दा अमेरिकामा धेरै  भएको छ ।

बीबीसीका अनुसार, अमेरिकामा हालसम्म ३ हजार ६ सय मानिसको ज्यान गएको छ । यो कोरोनाको उद्गमस्थल चीनको भन्दा धेरै हो । चीनमा हालसम्म ३ हजार ३ सय ५ मानिसको ज्यान गएको छ ।

Classic Tech Desktop

चीन र युरोपपछि कोरोनाको इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या पनि बढ्दो क्रममा छ । जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, अमेरिकाको कुल कोरोना संक्रमित संख्या १ लाख ८१ हजार पुगेको छ ।

प्रतिकृया