• २६ भदौ २०८३, शुक्रबार
  • ४ः२६ बिहान

नाकाबासीलाई सांसद चौधरीले बाँडे राहत

प्रकाशित मिति

२०७६ चैत्र १९ गते, बुधबार ०४:३९

 

National Life

दाङ । कोरोना भाइरसको फैलिन नलिनको लागि सरकारले गरेको लकडाउनको कारण समस्यामा परेका दाङका नाकाबासीलाई प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले राहत वितरण गरेका छन् ।
गढवा गाउँपालिकाको मुसिनाका र खबरीनाकाका १ सय २० परिवारलाई सांसद चौधरीले राहत स्वरुप खाद्यान्न वितरण गरे ।

हरेक परिवारलाई १२ किलो चामल, ५ किलो दाल, आलु, एक लिटर तेल र एक पोका सोयाबिन वितरण गरेको सांसद चौधरीले जानकारी दिए । दाङ क्षेत्रनम्बर १ का सांसद चौधरीले खाद्यान्न वितरण गर्दै भने, ‘सरकारले कसैलाई पनि भोकै रहन दिँदैन र कोहि भोकै बस्नु नपर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया