• २५ भदौ २०८३, बिहीबार
  • १२ः०८ राती

भारतीय जीवन बीमा कम्पनी (एलआईसी इण्डिया)द्वारा प्रधानमन्त्री कोषमा एक अर्ब पाँच करोड सहयोग

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०९:५२

 

National Life

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस विरुद्ध लड्न भारत सरकारको प्रधानमन्त्री कोषमा भारतीय जीवन बीमा कम्पनी एलआईसी इण्डियाले एक अर्ब पाँच करोड भारु सहयोग गर्ने घोषणा गरेको छ ।

एलआईसी इण्डियाका अध्यक्ष एमआर कुमारले भनेका छन्, ‘विश्वव्यापी महामारीको रुपमा बढिरहेको कोराना विरुद्धमा भारतले समेत विशाल चुनौतिको सामना गरिरहेको छ, जस्मा एलआईसी भारत र भारतीय जनताको सामाजिक सुरक्षाको लागि प्रतिबद्ध छ ।
एलआईसीले सहयोग गर्ने घोषणा गरेको एक अब पाँच करोड भारु अर्थात एक अर्ब ६८ करोड नेपाली रुपैयाँ मध्ये आफ्नो गोल्डेन जुब्ली फण्डबाट पाँच करोड भारतीय रुपैयाँ सहयोग गरिएको समेत जनाएको दिएको छ । यस शताब्दीका मानिसले कहिल्यै नदेखेको महामारीका विरुद्धमा लडिरहेको भारत सरकारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग जारी राख्ने प्रतिबद्धता समेत एलआईसीले गरेको छ ।
सन् १९५६ मा स्थापना भएको एलआईसीको मुख्य कार्यालय मुम्बईमा रहेको छ भने भारतभित्र मात्रै करिब ४००० वटा कार्यालयहरु मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । नेपालमा दर्ता भएको एलआईसी नेपालमा पनि एलआईसीको शेयर रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया