तीनै तहका सरकारमा आपतकालिन अवस्थामा तत्काल आवश्यक सबै काम गर्न, प्राविधिक सहितका एक्सन टिम
प्रकाशित मिति
२०७६ चैत्र १९ गते, बुधबार ०५:०१
काठमाडौं । कोरोना भाइरस महामारीविरुद्ध आइतबारको बसेको मन्त्रिपरिषदको बैठकमा तीनै तहका सरकार सहित जिल्ला स्तरमा समेत ‘एक्सन कमिटी’ले तत्काल उद्धार,राहत र व्यवस्थापनको काम गर्ने निर्णय भएको छ भएका छन् ।
बैठकमा केन्द्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) गठन गरेका छन्।
सीसीएमसीको पहिलो बैठक मंगलबार छाउनी स्थित सैनिक ब्यारकेमा बसेर केही योजनाहरु समेत बनाएको छ । सो समितिमा गृहमन्त्री रामबहादुर थापा बादल, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठी,स्वाथ्यमन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री डा.युवराज खतिवडा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायत प्राविधिक टिम रहेका छन् ।
अब प्रदेश सरकार, स्थानीय सरकार र जिल्लास्तरमा पनि एक्सन टिम बन्ने र कुनै पनि आपतकालिन अवस्थामा तत्काल आवश्यक सबै काम त्यसले गर्ने मन्त्री त्रिपाठीले बताए । नेपाली सेनाका हेलिकप्टर कुनै पनि अवस्थाका लागि तयारी हालतमा राख्ने र आवश्यक जुनसुकै परिस्थितिमा तत्काल एक्सन गर्ने गरी कमिटीले योजना बनाउने छ ।
यसअघि उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा गठित उच्चस्तरीय समन्वय समिति पनि यथावतनै छ । सो समितिले नीतिगत निर्णय गर्ने र सीसीएमसीले एक्सनमा जाने त्रिपाठीले बताए । एक्सन टिममा स्वास्थ्य क्षेत्रका प्राविधिकहरु पनि रहन्छन् । एक्सनमा कसरी जाने भन्नेबारेमा नेपाली सेनाका अधिकृतहरुले मन्त्रीहरुलाई ब्रिफिङसमेत गरेका छन् । सो टिमले आपतकालिन अवस्थाका लागि सबै पुर्वतयारीमा गरिसकेको बताएका छन् ।






प्रतिकृया