• ८ असार २०८३, सोमबार
  • ६:१० बेलुका

पोखरा महानगरपालिकाले दुई करोडको राहत प्याकेज घोषणा,राहत लिने प्रक्रिया भने निकै झन्झटिलो

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०६:०८

 

पोखरा । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकल दैनिक ज्यालादारी तथा विपन्न वर्गलाई राहत उपलब्ध राउने निर्णय गरेको थियो ।

Kamana Sewa

सरकारले कोरोनाभाइरस (कोभिड–१९) मुलुकमा फैलिन नदिने उद्देश्यका साथ लागू गरेको लकडाउनबाट प्रभावित हुने विपन्न परिवारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले दुई करोडको राहत प्याकेज घोषणा गरेको छ । जसअन्तर्गत महानगरपालिकाले पाँच जनाको एक परिवारले दुई हजार बराबरको राहत सामग्री पाउने छन् । तर, राहत लिने प्रक्रिया भने निकै झन्झटिलो रहेको छ ।

Classic Tech Desktop

यस्तो छ राहत लिने प्रक्रिया
राहत लिन शुरुमा निवेदकले एक पानाको फारम भर्नुपर्छ । फोटा बुझाउनुपर्छ । त्यसमा नागरितकतको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्यत महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्छ ।

महानगरले दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्दै आएका न्यूनतम पाँच जनाको परिवारलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको हो । तर, महागरले ल्याएको प्याकेज झन्झटिलो हुँदा विपन्न परिवारले राहत पाउन समस्या हुने देखिएको छ ।

महानगरको प्योकजमा २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, एक केजी गेडागुडी दिने उल्लेख छ । सोमबार र मंगलबार तथ्यांक संकलन गरी बुधबारबाट राहत वितरण हुने महानगरले जाकारी दिएको छ । पाँच जनाको परिवारलाई न्यूनतम १० दिनलाई पुग्ने गरी राहत प्याकेज बनाएको महानगर प्रमुखले बताए ।

 

प्रतिकृया