तर सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड–१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्। तर स्पष्ट नभएको एउटा तथ्य भने कोभिड–१९ रोग लगाउने SARS-CoV-2 नामक भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा हो।
अन्य कोरोनाभाइरसमाथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्।
कोरोनाभाइरसहरू अन्य भाइरसभन्दा धेरै बाँच्न सक्छन् र अध्ययनकर्ताहरू यस्तो अवस्थामा नयाँ कोरोनाभाइरस सङ्क्रमणलाई कसरी असर गर्छ भनेर अध्ययन गरिरहेका छन्।
यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा SARS-CoV-2 कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।
न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययन निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ। तर सो अध्ययनले SARS-CoV-2 भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २-३ दिनसम्म जीवित रहने देखाएको छ।
यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ।ती अध्ययनकर्ताहरूका अनुसार तामाको सतहमा भने ती भाइरस चार घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।
तर सजिले उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२(७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।
बढी तापक्रम र आर्द्रता भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ। कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ। लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन। बीबीसी नेपालीबाट






प्रतिकृया