• १ असोज २०८३, बिहीबार
  • १०ः०८ बिहान

कक्षा आठको परिक्षा केन्द्रमा तीन जना स्वास्थ्यकर्मी

प्रकाशित मिति

२०७६ चैत्र २ गते, आईतवार ०६:१९

ललितपुर, महालक्ष्मी नगरपालिका ललितपुरले फागुन २९ गते देखि आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा सञ्चालन गरिरहेको छ ।

National Life

राष्ट्रिय पाठ्यक्रम प्रारुप, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित शिक्षा ऐन नियमावलीवमोजिम कक्षा ८ को परीक्षा एस. ई. ई परीक्षाको मापदण्ड, वैधता, विश्वसनीयता स्तरीयता र प्रमाणिकतालाई अनुशरण गर्नुपर्ने हुन्छ । सोही वमोजिम नगरभित्रका सामुदायिक र संस्थागत गरी कूल ४६ वटा विद्यालयहरुका १८४० विद्यार्थीहरु सिम्मिलित रहेको सो परीक्षा कूल ७ वटा परीक्षा केन्द्रहरुमा परिक्षा संचालन गरिरहेको छ ।

परीक्षार्थीहरुमा रहेको कोरोना भाइरसको त्राश हटाउनका लागि तथा स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्नका लागि हरेक परीक्षा केन्द्रहरुमा मेडिकल डाक्टरको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीहरु रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जहाँ आवश्यक अत्याधुनिक उपकरणहरु जस्तै लेजर थर्मोमिटर, अक्सिमिटर, आदि र औषधीहरु व्यवस्था गरिएको छ। भने हरेक विद्यार्थीलाई एक(एक वटा पुन प्रयोग गर्नुमिल्ने मास्क समेत उपलव्ध गराइएको छ। त्यसैगरी हरेक परीक्षा केन्द्रमा तातो पानी, सावुनसहितको हात धुने र सानिटाइजरको व्यवस्था व्यवस्था, रुघा खोकी लागेका विद्यार्थीहरु भएका छुटै कोठामा परीक्षा लिने व्यवस्था तथा तत्कालै हस्पिटल पुर्याउने अवस्थाको पनि सम्पूर्ण व्यवस्था गरिएको छ।

महालक्ष्मी नगरपालिकाले विगत ३ वर्षदेखि (जनप्रतिनिधि निर्वाचित भए पस्चात) नगरप्रमुख श्री रामेश्वर श्रेष्ठको दुरदृष्टी र अगुवाइमा नगरलाई उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गर्ने दिशामा सघन कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । परिक्षामा सुधार र स्तरीकरण त्यसैको एक भाग हो। विगत ३ वर्षको नतिजा विश्लेषण गर्दा स्तरीकृत परीक्षाका कारण पढ्ने र सिकाउने प्रवृत्ति बढ्दै गइरहेको देखिन्छ ।

विद्यार्थीको सिकाई उपलब्धि र प्राप्त ग्रेडहरुको स्तर निरन्तर बढ्दै गईरहेको देखिएको छ। संस्थागतमा भन्दा सामुदायिक विद्यालयहरुमा उतीर्ण दरमा उल्लेख्य सुधार भएको छ। विगत ३ वर्षमा सामुदायिक विद्यालयको २२ प्रतिशतले वृद्दि हुँदै संस्थागत विद्यालयको १२ प्रतिशत को दरले वृद्दि भएको पाइएको छ।

 

 

प्रतिकृया