• २१ भदौ २०८३, आइतबार
  • ६ः४२ बिहान

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०८:५८

धनगढी । कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।

National Life

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले दुर्घटनाको पुष्टि गर्दै भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको ज्यान गएको जानकारी दिए । प्रहरी नायब उपरीक्षक पौडेलका अनुसार, दुर्घटनामा घाइते सुरजलाई महाकाली अस्पताल र दिनेशलाई धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो । तर अस्पतालले दुवैलाई बचाउन सकेन ।

दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया