• २० भदौ २०८३, शनिबार
  • ६ः२८ बिहान

अन्तराष्ट्रिय उडानमा रोक : डब्ल्यूएचओ मार्गदर्शन अनुसरण गर्न सरकारलाई सुझाव

प्रकाशित मिति

२०७६ फाल्गुन २२ गते, बिहीबार ०८:५३

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि नेपालले अन्तराष्ट्रिय उडान रोक्नु पर्ने र नपर्ने सम्बन्धमा सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारलाई दिएको छ । स्वास्थ्य आपत्कालका दौरानमा उडान रोक लगाउँदा त्यसले थप संकट ल्याउन सक्ने भन्दै डब्ल्यूएचओले त्यसो नगर्न भन्दै आएको छ ।

National Life

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सातबुँदे सुझाव प्रतिवेदन पर्यटन मन्त्रीलाई बुझाइसकेको बताए । पर्यटन मन्त्रालयका अनुसार प्राधिकरणले सुझावलाई कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिमा पेश गरी थप छलफल गरिनेछ ।

उडान रोक्नेरनरोक्नेबारे उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले यसै प्रतिवेदनका आधारमा निर्णय गर्नेछ ।

Classic Tech Desktop

‘कुनै एउटा देशले आफ्नो परिस्थितिअनुसार उडान रोक्न सक्ने भए पनि अन्तरराष्ट्रिय उडानको विषय कुनै एक देशको मात्र विषय रहँदैन । हामीले अन्तराष्ट्रिय मूल्यमान्यता र अहिलेको अवस्थामा अपनाइएको उच्चतम अभ्यास (वेस्ट प्राक्टिसेस)लाई आधार मानेर सुझाव दिएका छौं । अब कसरी अगाडि बढ्ने सरकारको कुरा हो,’ पोखरेलले भने ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना भाइरसको जोखिम बढेको र सरकारले आवश्यक व्यवस्था नगरेको उल्लेख गर्दै सर्वोच्चमा हालेको रीटमा अदालतले आमजनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महीनाका लागि अन्तरराष्ट्रिय तथा विमानस्थलमा अवतरण हुने अन्तरािष्ट्रय उडानमा रोक लगाउन र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षणविना प्रवेशमा रोक लगाउन मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा आदेश दिएको थियो ।

प्रतिकृया