• २१ भदौ २०८३, आइतबार
  • १ः५९ दिउँसो

७० करोड अडियो प्रकरण – गोकुल बास्कोटाले भनेको हामीमा कोको पर्छन् : देउवा

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ०१:४६

काठमाडौं, प्रमुख विपक्षी नेपाली कांग्रेसले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको अडियोबारे गम्भीर छानबिन गर्न ढिलाइ भएको भन्दै आपत्ति जनाएको छ ।

National Life

आइतबार संसदमा विशेष समय लिएर बोल्दै कांग्रेसका सभापति शेर बहादुर देउवाले बास्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको एक सातासम्म गम्भीर छानबिन नहुनुमा गम्भीर नियत रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीलाई कति आउँछ भनेर सोधेको अडियोमा प्रष्ट सुनिन्छ । म सम्माननीय प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, हामी भनेर कसलाई भनेका हुन् ? हामीमा कोको पर्छन् प्रष्ट गर्नुस् ।’

सम्बन्धित निकायले छानबिन गर्नुअघि नै प्रधानमन्त्रीले अडियो नक्कली भनेकोमा समेत उहाँले आपत्ति समेत जनाउदै भन्नुभयो,
‘यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन ? छानबिन हुनुभन्दा पहिले नै तपाईंले निर्णय दिनुभयो भने तपाईंको बोलीको विश्वसनीयता कमजोर भएन ?’

Classic Tech Desktop

 

प्रतिकृया