सचिवालय बैठक छोडेर प्रधानमन्त्री ग्राण्डीमा, प्रचण्डसहित सचिवालय सदस्य आक्रोशित
प्रकाशित मिति
२०७६ फाल्गुन १८ गते, आईतवार ०१:०९
काठमाडौं, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबारका लागि बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रभावित भएको छ । बैठक शुरु हुन केही समय बाँकी रहँदा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली अस्पताल गएपछि नेकपा सचिवालय बैठक प्रभावित भएको हो ।

आइतबार बिहान ११ः३० बजे बालुवाटारमा नेकपाको सचिवालय बैठक बोलाइएकोमा प्रधानमन्त्री ओली नेता सिपी मैनालीलाई भेट्न ग्राण्डी अस्पताल गएपछि ढिलाइ भएको हो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै सचिवालय सदस्यहरु बालुवाटार पुगे पनि प्रधानमन्त्री ओली नहुँदा बैठक प्रभावित भएको हो । ओलीले बैठक बोलाएर आफू भने बालुवाटार बाहिर जाँदा सचिवालय सदस्यहरु आक्रोशित भएका छन् ।

ओली ग्राण्डी अस्पतालबाट फर्किएपछि बैठक बस्नेछ । उपाध्यक्ष वामदेव गौतमको विषयलाई लिएर विवाद चर्किँदै गएका बेला नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ । नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।



प्रतिकृया