कलाकार स्वस्तिकाद्धारा गौतमबुद्ध रंगशालाई आर्थिक हस्तान्तरण
प्रकाशित मिति
२०७६ फाल्गुन २ गते, शुक्रबार ०४:१३
चितवन । चितवन रामपुरमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई कलाकार स्वस्तिका लामिछानेको नेतृत्वमा आर्थिक सहयोग गरिएको छ । उक्त रंगशालाका लागि ४२ हजार ९ सय ५० रुपैंया सहयोग गरिएको हो । कलाकार स्वस्तिकाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई विश्वका बिभिन्न देशमा बस्दै आएको नेपालीहरुले पठाएको रकम हस्तान्तरण गरिकी छिन् ।

कलाकार स्वस्तिका लामिछानेले हस्तान्तरण गरेको रकमको सहयोगीदाताहरुका नाम सहित उक्त रकम खुलाएकी छिन् । म्यारील्यान्डमा बस्नु हुने इश्वरी पौडेलले १६ हजार ७ सय ४९ रुपया, विजय ढकालले ११ हजार १ सय ६६ रुपया, भारतको रमेशले हाल मा बस्दै आएको ५ हजार ५ सया ८३ रुपया, दिनेश पुन मार्फत ७ हजार ८ सय १६ रुपया र स्वयम्भु स्थानीय मार्फत १ हजार ६ सय ६६ रुपया गरि कुल रकम ४२ हजार ९सय ५० बराबरको रकम हस्तान्तरण गरिकी हुन् ।
स्वस्तिका लामिछाने केहि चलचित्र, टेलिसिरियलमा काम गरिसकेकी छिन् । उनले नेपाल टेलिभिजनमा प्रसारण हुने ब्रेक फेलमा मुख्य कलाकार भएर काम गरिन् । उनले चर्चित चलचित्र वडा नम्बर ६ सँगै छक्का पन्जामा पनि अभिनय गरिसकेकी छिन्। त्यसैगरि, आउँदो चलचित्र लक्का जवानमा पनि उनको अभिनय देख्न पाइनेछ ।

स्वस्तिकाले रकम हस्तान्तरणसँगै निर्माणाधिन रंगशालाको अवलोकन पनि गरेकी थिइन् । स्वस्तिकाले भनिन्, केही मैलै आफ्नो तर्फबाट गर्न सक्ने रकम सहित बिभिन्न ठाउँबाट आएको सहयोग हस्तान्तरण गरेकी हुँ । विदेशबाट सहयोगका लागि रकम पठाउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु उनले भनिन् ।
साथै, धुर्मुसले पनि सहयोग गर्ने सबैलाई रंगशाला निर्माणमा जोडिनुभएकोमा धन्यवाद ब्यक्त गरे ।



प्रतिकृया