• २१ भदौ २०८३, आइतबार
  • ७ः१९ बिहान

प्रेरणाको दाइजो नेपाल ट्रस्टकै नाममा

प्रकाशित मिति

२०७६ माघ २५ गते, शनिबार ०१:२१

काठमाडौं । पूर्व अधिराजकुमारी प्रेरणा शाहले दाइजोबापत पाएको १५ रोपनी जग्गा नेपाल ट्रस्टकै नाममा कायम गर्ने कानुनी बाटो खुलेको छ । छाउनीमा रहेको उक्त जग्गा सरकारीकरण हुने सर्वोच्चको फैसलाविरुद्ध शाहको रिट शुक्रबार संवैधानिक इजलासले खारेज गरेको छ । रिट खारेजसँगै यसअघिको फैसला कार्यान्वयनको बाटो खुलेको हो । फैसला कार्यान्वयनका क्रममा रहेका बेला शाहले पुनः रिट दायर गरेकी थिइन् ।

National Life

पुनरावलोकनको फैसलाविरुद्ध रिट दर्ता भएकोमा कतिपयले आश्चर्यसमेत जनाएका थिए । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले रिट खारेज गरेको हो । पुनरावलोकन आदेश गलत भएको दाबीको रिट खारेज भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया