घोषणा गरेको समयमा स्ववियुको निर्वाचन हुन नसक्ने
प्रकाशित मिति
२०७६ माघ २२ गते, बुधबार १०:२९
काठमाडौँ, त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन यही फागुन नहुने निश्चित भएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक एवं निमित्त रेक्टर प्रा.डा. शिवलाल भुसालले विद्यार्थी संगठनबीच कुरा नमिलेका कारण फागुन १४ गते निर्वाचन नहुने जानकारी दिनुभयो । यो वर्ष निर्वाचन गर्ने तयारी भए पनि फागुन १४ गते नै सम्भव नभएको उहाँले बताउनुभयो ।
विद्यार्थी संगठनबीच फागुनको पहिलो साताभित्र निर्वाचन गर्ने सहमति नभए यो वर्ष निर्वाचन नहुने प्रायः निश्चित छ । संयोजक भुसालले चैतदेखि परीक्षा गर्नुपर्ने भएकाले फागुनभित्रै निर्वाचन गर्नुपर्ने बाध्यता रहेको जानकारी विद्यार्थी संगठन तयार भएपछि मात्रै निर्वाचन गर्न सम्भव हुने बताउनुभयो ।

उता नेपाल विद्यार्थी संघले सरकारले रेक्टर नियुक्ति नगरेसम्म निर्वाचन हुन नसक्ने स्पष्ट पारेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले निर्वाचनमा जान तयार भएपनि रेक्टर संयोजक भएर तोकेको निर्वाचन हुन नदिने बताउनुभयो । उहाँले रेक्टर नियुक्ति गर्न नसक्ने सरकारले कसरी निर्वाचन गर्न सक्छ भन्ने विषय गम्भीर रहेको समेत उल्लेख गर्नुभयो ।



प्रतिकृया