• २१ भदौ २०८३, आइतबार
  • १०ः३५ बिहान

मुक्का खाएका अध्यक्ष गुरुङ पनि पक्राउ

प्रकाशित मिति

२०७६ माघ १० गते, शुक्रबार ०४:४८

कास्की, गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)बाट मुक्का खाएका कास्की एन्फा अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् । खेलकुद प्रतियोगिताको व्यवस्थापन राम्रो नगरेको भन्दै मनाङेले गुरुङमाथि हातपात गरेका थिए ।

National Life

मनाङेलाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ । गुरुङले कुटपिटसम्बन्धी उजुरी दिएपछि प्रशासनको आदेशमा मनाङेलाई पक्राउ गरिएको थियो । कुटाइ खाने गुरुङलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ । यो घटना बाहिर आएसँगै गुरुङविरुद्ध पनि प्रहरीमा उजुरी परेको खुलेको थियो ।

गुरुङलाई प्रहरीले बैंकिङ कसुर तथा ठगी मुद्दामा पोखराको गैह्रापाटनबाट नियन्त्रणमा लिएको हो । बैंकिङ कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए । गुरुङमाथि पनि कुटपिटको आरोप छ ।

Classic Tech Desktop

प्रतिकृया