अमेरिकामा बेरोजगारको संख्या बढ्यो
प्रकाशित मिति
२०७६ माघ १० गते, शुक्रबार ०४:५६
एजेन्सी, संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारको संख्यामा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । बिहीबार सार्वजनिक विवरणमा बेरोजगार भत्ता लिन आवेदन गर्नेहरु अघिल्लो साताको तुलनामा ६ हजारले बढी भएको उल्लेख छ ।

जनवरी १८ को अन्त्यमा बेरोजगार भत्ताका लागि आवेदन गर्नेको संख्या दुई लाख ११ हजार पुगेको छ । यहीबीच, अमेरिकी श्रम बजारमा बेरोजगारको संख्या सरकारी अनुमान तीन लाखभन्दा मुनि रहेको छ ।
तथ्यांक विश्लेषणबाट संयुक्तराज्य अमेरिकाको श्रम बजार निकै नाजूक अवस्थामा रहेको देखिएको छ । तर अमेरिकी श्रम बजारमा गत डिसेम्बरमा अमेरिकी कम्पनीहरुले १ लाख ४५ हजार नयाँ रोजगार सिर्जना गरेका छन् ।

यद्यपि गत नोभेम्बरमा यस्तो रोजगारी सिर्जना करिब दुई लाख ५६ हजार हुने पूर्वानुमान गरिएको थियो । अमेरिकी श्रम विभागका अनुसार अमेरिकामा हाल बेरोजगार दर ३।५ प्रतिशत पुगेको छ ।
Related
Recent News
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया