• १६ असोज २०८३, शुक्रबार
  • ३ः२३ दिउँसो

बागलुङ र रुकुमको सिमानामा बस दुर्घटना १३ जना घाईते

प्रकाशित मिति

२०७६ पुष १८ गते, शुक्रबार १०:४१

बागलुङ र रुकुमको सिमाना नजिकै बिहीबार साँझ बस दुर्घटना भएको छ । दुर्घटना परी १३ जना घाईते भएका छन । रुकुमबाट बागलुङको बुर्तिबाङ तर्फ आउँदै गरेको ना.४ ९२२० नम्बरको बस निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।बस सडक देखी झण्डै २० मिटर तल खसेको थियो । बसमा सवार मध्ये ३ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य १० जनालाई थप उपचारका लागि पाल्पाको प्रवास अस्पताल पठाइएकोे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिएका छन्।

National Life

दुर्घटनामा परि घाईते हुनेमा रुकुम तक्सेरा गाउँपालिकामा ६३ वर्षीय चामुलक बुढा, हुकाम गाउँपालिकाका अनसरी पुन, निसीखोला गाउँपालिका–६ का ३३ वर्षीय विमल थापा मगर सोही स्थानका २२ वर्षीय ओमकार घर्ति, ३१ वर्षीय बस चालक खड्क बहादुर बुढा, रोल्पा थवाङ गाउँपालिका–४ का २१ बर्षिय खिमराज घर्तिमगर, रौतहत चन्द्रपुर गाउँपालिकाका –११ का ३६ वर्षीय जिम्दास साहनी, रौतहटकै ४१ वर्षीय अजय गुप्ता, सोही स्थनका २० वर्षीय जितेश साही बारा जिल्ला सिमरनगढ नगरपालिका–९ का ३० वर्षीय मुनक पटवार रुकुमका– २४ वर्षीया कल्पान रोका र उनकी छोरी २० महिनाकी आशिका रोका रहेको प्रहरीले जनाएको छ । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर, आठ जनाको अवस्था मध्ययम र बाँकीको सामान्य रहेको जनाइएको छ ।

घाईते मध्ये १० जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समान्य उपाचार पछि थप उपचारका लागि राती १ बजे नै पाल्पा पठाइएको हो । बस अचानक ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया