• २ असोज २०८३, शुक्रबार
  • ९ः३९ बिहान

शिक्षामन्त्री पोखरेलले कीर्तिपुर पुगेर हेरे सूर्यग्रहण

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार १२:०५

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालय पुगेर सूर्यग्रहण हेर्नु भएको छ । उहाले संग्रहालयमा रहेको टेलिस्कोप र विशेष चस्माबाट सूर्यग्रहण अवलोकन गर्नु भएको थियो । सूर्यग्रहण हेर्न संग्रहालयमा १५० सर्वसाधारण पुगेका थिए ।

National Life

सूर्यग्रहण अवलोकन पश्चात् मन्त्री पोखरेलले विज्ञानका विद्यार्थीका लागि यो महत्वपूर्ण अवसर भएको बताउनु भएको थियो। बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको सूर्यग्रहण काठमाडौंमा ११ बजेर ३३ मिनेटमा सकिएको थियो । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिएको संग्रहालय विकास समितिले जनाएको छ ।

प्रतिकृया