• ३ असोज २०८३, शनिबार
  • १०ः४५ बिहान

पर्यटन व्यवसायी श्रेष्ठले करोडौं रकम ठगी गरेको खुलासा

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार १२:२५

मानसरोवर लैजाने नाममा नेपाली पर्यटन व्यवसायी श्रेष्ठले भारतीय नागरिकहरुको करोडौं रकम ठगी गरेको खुलासा (विज्ञप्तीसहित)

काठमाडौं, काठमाडौंको लाजिम्पाटमा रहेको शिवम ग्रुप होलिडेज प्रा.ली.का सञ्चालक भोजपुर स्थायी घर भएका रामचन्द्र श्रेष्ठले भारतीय नागरिकहरुसँग मानसरोवर तीर्थ यात्रामा लैजाने भन्दै करोडौं रकम ठगी गरेको खुलासा भएको छ । श्रेष्ठले भारतीय ट्राभल व्यवसायी विवेक विवेक बिश्नोईलाई माध्यम बनाएर सन् २०१८ र २०१९ मा गरी जम्मा एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ ठगी गरेका हुन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिस्नोईले यस्तो आरोप लगाएका छन् ।

National Life

उनका अनुसार सन् २०१८ मा ३३ जना भातरीय तथा गैरआवासीय भारतीय तीर्थयात्रीलाई तिब्बतको हिल्सामा ७ दिनसम्म अलपत्र पारेपछि प्याकेजको रकमभन्दा बाहेक आपतकालिन भन्दै २६ लाख भारतीय रकम रामचन्द्रलाई बुझाईएको थियो । उनले भने, ‘सुरुमा रामचन्द्रले २६ लाख भारु ठगी गरे र सन् २०१९ को अगष्टमा ५६ यात्रीबाट उठाईएको ८५ लाख भारतीय रुपैयाँ ठगी गरे । सन २०१८ र २०१९ मा गरेर जम्मा उनले हामीसँग कुल एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ भारतीय रकम ठगेका हुन् । ’आफूले श्रेष्ठले गरेको उक्त ठगीको बारेमा नेपालका सम्बन्धित निकायमा जानकारी गराएको पनि जनाए । उनले थपे, ‘तर, कुनैपनि निकायबाट हामीलाई न्याय भएन् । निज रामचन्द्रसँग मैले पूरा बैंकिङ कारोबार गरेको थिएँ । आवश्यक रकमपनि मैले निजलाई बैंकमार्फत नै ट्रान्सफर गरेको थिएँ । यसबारे सम्पूर्ण प्रमाण मसँग सुरक्षित नै छ ।’

सन् २०१९ मा मानसरोवर जान नपाएका ५६ जना तिर्थ यात्रीहरुले अहिले आफ्नो विरुद्धमा ठगी मुद्दामा उजुरी (एफ.आई.आर) दर्ता गराएको पनि विवेक बिश्नोईले जानकारी दिए । उनले भने, ‘रामचन्द्र श्रेष्ठको ठगी धन्दाको असरले मेरो सम्पूर्ण व्यापार तथा व्यवसाय नै अहिले ठप्प भएको छ । मेरो सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ ।’ नेपाल सरकारले श्रेष्ठलाई कडाभन्दा कडा कारबाही गरी ठगेको रकम पनि तुरुन्त फिर्ता गराउन पहल गरिदिनुपर्ने उनको माग छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रेस विज्ञप्ती
मिति ः २०७६।०९।१०
आदरणीय पत्रकार साथीहरु,
हामी ५६ जना (भारतीय तथा गैरआवासीय भारतीय) लाई काठमाडौंको लाजिम्पाटमा रहेको शिवम ग्रुप होलिडेज प्रा.लि.ले कैलाश मानसरोवरको तीर्थ यात्राको लागि सम्पूर्ण पैसा लिएर पनि हामीलाई नलगी ठूलो मात्रामा ठगी गरेको कुरा जानकारी गराउन चाहन्छौं । उक्त तीर्थ यात्राको लागि मैले शिवम ग्रुप होलिडे प्रा.ली.का निर्देशक रामचन्द्र श्रेष्ठलाई सम्पूर्ण आवश्यक रकम पठाएको थिएँ । सन् २०१८ मा ३३ जना तीर्थयात्रीलाई हिल्सामा ७ दिनसम्म अलपत्र पारेपछि प्याकेजको रकमभन्दा बाहेक आपतकालिन भन्दै २६ लाख भारतीय रकम मैले रामचन्द्रलाई बुझाएको थिएँ । सुरुमा रामचन्द्रले २६ लाख भारु ठगी गरे र सन् २०१९ को अगष्टमा ५६ यात्रीबाट उठाईएको ८५ लाख भारतीय रुपैयाँ ठगी गरे । सन २०१८ र २०१९ मा गरेर उनले हामीसँग कुल एक करोड ११ लाख ६९ हजार ८ सय पचपन्न रुपैयाँ भारतीय रकम ठगेका हुन् । यो ठगीको बारेमा हामीले नेपालका सम्बन्धित निकायमा जानकारी गराएका थियौं । तर, कुनैपनि निकायबाट हामीलाई न्याय भएन । निज रामचन्द्रसँग मैले पूरा बैंकिङ कारोबार गरेको थिएँ । आवश्यक रकमपनि मैले निजलाई बैंकमार्फत नै ट्रान्सफर गरेको थिएँ। यसबारे सम्पूर्ण प्रमाण हामीसँग सुरक्षित नै छ ।

मानसरोवर तीर्थ यात्राको लागि सन् २०१८ मार्च ३ तारिखमा मेरो नेतृत्वमा रहेको भारतको लखनउमा अवस्थित् कम्फर्ट क्याब्स प्रा.ली र नेपालमा रहेको शिवम होलिडेज प्रा.ली सँग एग्रिमेन्ट भएको थियो । यो सम्झौताको पहिलो पक्ष शिवम होलिडेज प्रा.ली हो भने दोस्रो पक्ष कम्फर्ट क्याब्स प्रा.ली. हो । दुई–दुई पटकसम्म निज रामचन्द्रले तीर्थयात्राको नाममा हामीसँग यत्रो ठूलो राशी ठगि गरेको यहाँहरु समक्ष स्पष्ट पार्न चाहन्छु ।

म भारत गौमती लखनउको स्थायी वासिन्ता विवेक विश्नोई हुँ । मानसरोवर यात्राको लागि भारतीय नागरिक, अमेरिकामा बस्ने गैरआवासीय भारतीय, युरोपको नेदरल्याण्डसमा बस्ने गैरआवासीय भारतीयहरु थिए । भारतीय नारिकमा हिमाञ्चल प्रदेश, केरला, उत्तर प्रदेश, महाराष्ट्र र गुजरातबाट थिए ।
सन् २०१९ मा मानसरोवर जान नपाएका ५६ जना तिर्थ यात्रीहरुले अहिले मेरो विरुद्धमा ठगी मुद्दामा उजुरी (एफ.आई.आर) दर्ता गराएका छन् । नेपाली रामचन्द्र श्रेष्ठको ठगी धन्दाको असरले मेरो सम्पूर्ण व्यापार तथा व्यवसाय नै अहिले ठप्प भएको छ । मेरो सामाजिक प्रतिष्ठामा समेत आँच आएको छ । तपाईहरु मिडियाकर्मी साथीहरुमार्फत नेपाल सरकारसमक्ष यो कुरा पुर्याईदिन हुन आग्रह गर्दछु । र, दोषीलाई छिटोभन्दा छिटो कडा कारबाही होस भन्ने माग छ । र, हामीसँग ठगेको सम्पूर्ण रकम यथाशक्य फिर्ता गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु । र, निज रामचन्द्र श्रेष्ठको पर्यटन व्यवसाय र उनले हाल लिएका ईजाजतपत्र पनि खारेजको माग गर्दछु ।

निवेदक
विवेक बिश्नोई
मोवाईल नम्बर : ९८०८४५२९७४

प्रतिकृया