त्रिभुवन विश्वविद्यालयको ४५ औ दीक्षान्त समारोह आज
प्रकाशित मिति
२०७६ पुष ३ गते, बिहीबार ०९:५३
काठमाडौं , त्रिभुवन विश्वविद्यालयको ४५ औ दीक्षान्त समारोह आज आयोजना हुँदै छ । दीक्षान्त समारोह पुल्चोक क्याम्पसको खेलमैदानमा आयोजना हुने भएको छ । त्रिविको दीक्षान्त समारोहमा १० हजार १ सय ८३ जना विद्यार्थी सहभागि रहेका छन् । समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा⋅डा⋅ मोहम्मद अख्तरुज्जमानले विशेष सम्बोधन गर्नुहुनेछ ।
कार्यक्रममा बिभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीलाई पदक प्रदान गरिने छ । समारोहमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिने र बाँकीलाई काउन्टरबाट वितरण गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।
पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन् । गत वर्ष ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि नौ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।





प्रतिकृया