• २३ भदौ २०८३, मंगलबार
  • १०ः२४ राती

त्रिभुवन विश्वविद्यालयको ४५ औ दीक्षान्त समारोह आज

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार ०९:५३

काठमाडौं , त्रिभुवन विश्वविद्यालयको ४५ औ दीक्षान्त समारोह आज आयोजना हुँदै छ । दीक्षान्त समारोह पुल्चोक क्याम्पसको खेलमैदानमा आयोजना हुने भएको छ । त्रिविको दीक्षान्त समारोहमा १० हजार १ सय ८३ जना विद्यार्थी सहभागि रहेका छन् । समारोहमा विश्वविद्यालयका उपकुलपति प्रा⋅डा⋅ मोहम्मद अख्तरुज्जमानले विशेष सम्बोधन गर्नुहुनेछ ।

National Life

कार्यक्रममा बिभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीलाई पदक प्रदान गरिने छ । समारोहमा सर्वोत्कृष्ट विद्यार्थीलाई प्रमुख अतिथि तथा पदाधिकारीले हातमै प्रमाणपत्र दिने र बाँकीलाई काउन्टरबाट वितरण गरिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो ।

पनिकाका अनुसार यसपटक दीक्षान्त समारोहमा सहभागी हुन ७० हजार ७७ विद्यार्थी योग्य भए पनि १० हजार १ सय ८३ विद्यार्थीले मात्र फाराम भरेका छन् । गत वर्ष ७४ हजार २ सय ८६ विद्यार्थी योग्य भए पनि नौ हजार ५ सय २० जनाले फाराम भरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया