• १ असोज २०८३, बिहीबार
  • १२ः०८ दिउँसो

अरनिको माध्यमिक बिद्यालयमा पुर्व बिद्यार्थी समाज गठन

प्रकाशित मिति

२०७६ कार्तिक १ गते, शुक्रबार ०९:४७

भक्तपुर, अरनिको माध्यमिक बिद्यालयमा पुर्व बिद्यार्थी भेला गरि श्रीकृष्ण थापाको सयोजकत्वमा १३ सदसिय पुर्व बिद्यार्थी समाज गठन गरिएको छ । सुर्यबिनायक नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष तथा बिद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष उतम थापा, बिद्यालयका प्रधानाध्यापक लेखनाथ रिमाल, पुर्व प्रधानाध्यापक प्रेम बहादुर खड्का, सह प्रधानाध्यापक जनक न्यौपाने सहित पुर्व विद्यार्थीहरुको सहभागीता भेला सम्पन्न भएको हो ।

National Life

भेलाको औचित्य माथी प्रकाश पार्दै पुर्व प्रधानाध्यापक खड्काले पुर्व विद्यार्थीहरुको भुमिका बिद्यालयको बिकासको लागि महत्वपुर्ण हुने र विद्यार्थीहरुलाई थप राम्रो बनाउन यस समाजको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै पुर्व बिद्यार्थी समेत रहनुभएका सह प्रधानाध्यापक न्यौपानेले राम्रो कामको सुरुवात गरिएको र यस बिद्यालयका सम्पुर्ण पुर्व विद्यार्थीहरुलार्इ समेटेर जान आग्रह गर्नुभयो । नवगठित समितिलार्इ बधाई दिदै आफुले सक्ने सबै सहयोग ब्यक्तिगत तथा संस्थाको तर्फबाट गर्ने कुराको प्रतिबद्धता प्रधानाध्यापक रिमालले गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष उतम थापाले युवाहरुले समाज प्रतिको उतरदायित्व पूरा गर्नको लागि यो समिती भएको र बिद्यालयको सुधार र बिकासमा लागि पर्न सुझाउनुभयो । साथै बिद्यालयलाई थप गुणस्तरीय बनाउन आवस्यक सल्लाह सुझाब र योजना निर्माण गरि कार्यन्वयन गर्नको लागि सुझाउनुभयो ।

बिद्यालयका पुर्व विद्यार्थीहरुलाई एकीकृत गरि उनीहरुसंग भएको सीप, दक्षतालाई बिद्यालयको फाइदाको लागि उच्चतम प्रयोग गर्ने र सबै पुर्व विद्यार्थीहरुलाई समेटेर जाने कुराको प्रतिबद्धता पुर्व विद्यार्थी समाजका सयोजक श्रीकृष्ण थापाले बताउनुभयो । समितिको सचिबमा मनिस माकाजु, कोषाध्यक्षमा एलिसा थापा सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिकृया