• २२ भदौ २०८३, सोमबार
  • १०ः०५ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ भाद्र २२ गते, सोमबार ०९:२८

२२ भदौ २०८३ काठमाडौं — आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

National Life

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भाग, कर्णालीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

देशका हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागका धेरै स्थान, बागमती र गण्डकीका तराई भू-भागका केही स्थान तथा मधेश र कोशीका तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

Classic Tech Desktop

यस्तै, रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली भू-भागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।

मौसम विज्ञानअनुसार २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा मानिन्छ।

प्रतिकृया