रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०९:०२
११ भदौ २०८३ काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परेर घाइते भएका काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना डिस्चार्ज भएका छन्। बाँकी ३३ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएका २३ जनामध्ये ४ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन्।

त्यस्तै, वीर अस्पताल र नर्भीक अस्पतालमा ३/३ जना तथा छाउनीस्थित अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीमा घाइते भएकामध्ये उपचार आवश्यक पर्नेहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो। उनीहरूको अवस्था र उपचारबारे सम्बन्धित अस्पताल तथा सुरक्षाकर्मीले आवश्यक समन्वय गरिरहेका छन्।
Related
Recent News
- देशभर जनैपूर्णिमा पर्व मनाइँदै, जनै तथा रक्षासूत्र धारण गर्नेको भीड
- विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार
- सरकारी कर्मचारीको तलबबाट विपद् उद्धार कोषमा रकम जम्मा गरिने
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया