• ८ भदौ २०८३, मंगलबार
  • ११:१५ बिहान

सुन र चाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार १०:५४

९ भदौ २०८३ काठमाडौं – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ६५ रुपैयाँले घटेको हो। अघिल्लो दिनको बजार मूल्य पनि यस्तै रहेको तथ्यांकले देखाउँछ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४ हजार ९०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो। यससँगै आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।

Classic Tech Desktop

प्रतिकृया