मायादेवीमा १२ करोड लगानीमा भारद्वाज तेल उद्योग सञ्चालन
प्रकाशित मिति
२०८३ भाद्र ८ गते, सोमबार ०१:१५
८ भदौ २०८३ काठमाडौं – रुपन्देहीको मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालनमा आएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले ‘राइस ब्रान’ खाने तेलको उत्पादन सुरु गरेको हो।
उद्योगका प्रबन्धक ओमशंकर उपाध्यायका अनुसार उद्योगमा हाल ८० जनाले रोजगारी पाएका छन्। उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य लिएको छ।

उद्योगले राइस ब्रान तेल मानव स्वास्थ्यका लागि उपयोगी रहेको दाबी गरेको छ। उत्पादित तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ।

“मानव शरीरका लागि उपयोगी र गुणस्तरीय तेल उत्पादन गर्ने हाम्रो उद्देश्य हो,” प्रबन्धक उपाध्यायले भने। उद्योगले हाल प्रतिलिटर ३६५ रुपैयाँमा तेल बिक्री गरिरहेको छ। उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना भएको मायादेवी गाउँपालिकाका अध्यक्ष वलीउद्दिन मुसलमानले बताए।
उनले उद्योग स्थापनाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।




प्रतिकृया