• २२ साउन २०८३, शुक्रबार
  • ४:०८ बेलुका

प्रधानमन्त्रीलाई संसद्को प्रत्यक्ष प्रश्नोत्तरमा बोलाउन सभामुखको रुलिङ माग

प्रकाशित मिति

२०८३ श्रावण २२ गते, शुक्रबार ०२:१०

२२ साउन २०८३ काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अनिवार्य रूपमा सहभागी गराउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गर्नुपर्ने माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उपस्थित गराउन सभामुखले आवश्यक निर्देशन दिनुपर्ने बताएका हुन्।

Kamana Sewa

उनले संसद्को सबैभन्दा ठूलो दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहलाई नियमावलीबमोजिम सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रममा सहभागी गराउन सभामुखमार्फत रुलिङ गर्न आग्रह गरे। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने उल्लेख छ।

Classic Tech Desktop

नियमावलीमा तोकिएको दिन कुनै कारणवश बैठक बस्न नसके त्यसपछिको पहिलो बैठकको पहिलो एक घण्टामा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था पनि रहेको छ।

तर, नियमावलीमा स्पष्ट व्यवस्था भए पनि हालसम्म प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन हुन नसकेको भन्दै सांसदहरूले संसद्मै प्रश्न उठाउँदै आएका छन्। नेकपाले पनि यही व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सभामुखको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया