• २ असोज २०८३, शुक्रबार
  • २ः४५ दिउँसो

लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे पाँच सदस्यीय समिति

प्रकाशित मिति

२०८३ श्रावण १४ गते, बिहीबार ११:५८

१४ साउन २०८३ काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता समिति गठन गरेका छन्। बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो।

National Life

अर्थमन्त्रीले समितिलाई आजैदेखि पीडित पक्षसँग वार्ता सुरु गर्न निर्देशन दिएका छन्। समितिमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल सदस्य रहेका छन् भने अर्थ मन्त्रालयका उपसचिव बोलराज आचार्य सदस्य–सचिव छन्।

वार्ता समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बस्नेछ। बैठकपछि आन्दोलनरत लघुवित्त पीडितसँग औपचारिक वार्ता सुरु गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया