• १ साउन २०८३, शुक्रबार
  • ४:१४ बिहान

एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०२:१४

३२ असार २०८३ काठमाडौं – नेपाली कांग्रेसले केन्द्रबाट नेकपा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै लुम्बिनी प्रदेशको राजनीति पनि तातिएको छ। प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूको भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज दिउँसो ३ बजे दाङमा बैठक बोलाएका छन्।

बैठकमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरू, प्रमुख सचेतक तथा सचेतक सहभागी हुनेछन्। केन्द्रको निर्णयपछि प्रदेशमा अब कसरी अघि बढ्ने, सरकारबाट मन्त्री फिर्ता बोलाउने वा नयाँ सत्ता समीकरणको विकल्प खोज्ने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

Kamana Sewa

कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालका अनुसार केन्द्रको निर्देशनअनुसार प्रदेशको रणनीति तय गर्न बैठक आह्वान गरिएको हो। कांग्रेसबाट सरकारमा सहभागी पाँच मन्त्रीमध्ये तीन जना हिजो काठमाडौंमा रहेकाले बैठकमा सहभागी हुन दाङतर्फ प्रस्थान गरेका छन्।

Classic Tech Desktop

हाल एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिम्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार रहेका छन्।

केन्द्रले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा सरकारको भविष्य र नयाँ सत्ता समीकरणबारे राजनीतिक चासो बढेको छ। आजको बैठकपछि कांग्रेसले आफ्ना मन्त्री फिर्ता बोलाउने वा वैकल्पिक राजनीतिक समीकरणतर्फ अघि बढ्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रतिकृया