• १ साउन २०८३, शुक्रबार
  • ३:०० बिहान

प्रधानमन्त्री बालेन र गभर्नर पौडेलबीच भेट, अर्थतन्त्रदेखि सेयर बजारसम्म छलफल

प्रकाशित मिति

२०८३ असार ३२ गते, बिहीबार ०२:४३

३२ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुलुकको समग्र आर्थिक अवस्था, बैंकिङ तथा वित्तीय क्षेत्रका समसामयिक विषय तथा सेयर बजारको अवस्थाबारे छलफल भएको स्रोतले जनाएको छ।

भेटका क्रममा वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने तथा पूँजी बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विषयमा पनि दुवै पक्षबीच विचार–विमर्श भएको बताइएको छ।

Kamana Sewa

गभर्नर पौडेल र प्रधानमन्त्री शाहबीच भएको यो भेटलाई मुलुकको आर्थिक तथा वित्तीय नीतिका समसामयिक विषयमा भएको महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।

Classic Tech Desktop

प्रतिकृया