• ३२ असार २०८३, बिहीबार
  • ३:२७ बिहान

ऋण र वित्तीय मिटरब्याजका कारण युवामा आत्मदाह र आत्महत्याको जोखिम बढ्यो : राप्रपा सांसद

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०२:३७

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले बैंकको ऋण, वित्तीय मिटरब्याज र बेरोजगारीका कारण युवाहरू चरम मानसिक तनावमा परिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ऋणको बोझका कारण आत्मदाह र आत्महत्याका घटना बढ्दै गएको दाबी गरे। उनले गणेश नेपालीजस्ता युवाहरू रोजगारीको खोजीमा काठमाडौं आउन बाध्य भएको र ऋण तिर्न नसकेपछि आत्मदाह गर्नुपरेको घटना दुःखद रहेको बताए।

“गणेश नेपालीको आत्मदाहपछि पनि अन्य तीन जना युवाले आत्महत्या गरिसकेका छन्,” उनले भने, “बैंकको ऋण र वित्तीय ब्याजबाट सिर्जित मानसिक तनावका कारण दैनिक औसत १८ जनाले ज्यान गुमाउने अवस्था आएको छ। यसलाई तत्काल रोक्न नसके देश गम्भीर संकटतर्फ धकेलिन सक्छ।”

Kamana Sewa

सांसद भाटले जेनजी अभियन्ता मजिद अन्सारीमाथि भएको कुटपिट घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरे। संसद्मा बोल्दै उनले सन् २०१० मा ट्युनिसियामा भएको आत्मदाहको घटनाको उदाहरण प्रस्तुत गर्दै जनताको आक्रोश समयमै सम्बोधन गर्न नसकिए गम्भीर राजनीतिक र सामाजिक परिणाम निम्तिन सक्ने चेतावनी दिए।

Classic Tech Desktop

प्रतिकृया