त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
प्रकाशित मिति
२०८३ भाद्र १४ गते, आईतवार ०१:२२
१४ भदौ २०८३ धादिङ — त्रिशूली नदीमा आएको भीषण बाढीले गोरखा र धादिङ जोड्ने चरौँदीस्थित झोलुङ्गे पुल बगाएको छ। आइतबार बिहान आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बाढीको तीव्र बहावका कारण उक्त पुल चुँडिएर बग्दा ठूलो क्षति पुगेको छ। यसैगरी, बाढीले त्रिशूली नदीमाथि धवादी क्षेत्रमा रहेको अर्को झोलुङ्गे पुलमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।

गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार नदीमा आएको बाढीको तीव्रता अत्यधिक रहेकाले झोलुङ्गे पुल बग्ने अवस्था सिर्जना भएको थियो। बाढीका कारण नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

Related
Recent News
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया