• ३२ असार २०८३, बिहीबार
  • ३:३५ बिहान

सरकारको गतिविधिले जनताको धैर्यताको बाँध फुट्न सक्छ : एमाले सांसद गंगादेवी श्रेष्ठ

प्रकाशित मिति

२०८३ असार ३१ गते, बुधबार ०२:२८

३१ असार २०८३ काठमाडौं – नेकपा एमालेकी सांसद गंगादेवी श्रेष्ठले सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै जनताको धैर्यताको बाँध फुट्न सक्ने चेतावनी दिएकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनताले सरकारका गतिविधिलाई नजिकबाट नियालिरहेको बताइन्। प्रधानमन्त्रीप्रति कटाक्ष गर्दै उनले सरकारको कामकारबाहीलाई ‘अभिनय’ र ‘नाटक’को संज्ञा दिइन्।

“गाडी तेर्स्याएर अभिनय सरकारले गर्छ, कारबाहीको नाटक सरकारले नै गर्छ। सरकार कलाकार नै पर्‍यो। कथा कहाँ लेखियो? यो सामान्य होइन, आफैँ बोक्सी आफैँ झाँक्री,” उनले भनिन्। श्रेष्ठले सरकारले चुनावअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउँदै सुकुम्बासी, शिक्षा र रोजगारीका विषयमा जनतासँग गरिएको वाचा विपरीत काम भएको दाबी गरिन्।

Kamana Sewa

“चुनावअघि चुपचाप, चुनावपछि सुकुम्बासी साफ। चुपचाप होल्डिङ सेन्टर बास, चुपचाप शैक्षिक सेन्टर साफ। आमा घण्टीमा भोट दिए म घर आउनेछु भन्न लगायो, घरमै बसेर दुई लाख कमाउँछु भन्न लगायो, तर एक महिनामै सुकुम्बासीको घर भत्कियो,” उनले भनिन्।

Classic Tech Desktop

उनले “डोजर जल्दा छातीमा थाप्छौँ” भन्नेहरूले आफ्नो वाचा पूरा गरे कि नगरेको भन्दै प्रश्नसमेत उठाइन्। सांसद श्रेष्ठले अहिले “भोट पाउनेको सुनको थुप्रो, भोट हाल्नेको उठिबास” भएको टिप्पणी गर्दै सरकारप्रति जनआक्रोश बढिरहेको बताइन्।

उनले नेपालको भूमि र राष्ट्रियता कुनै पनि हालतमा गुम्न नदिने उल्लेख गर्दै प्रधानमन्त्रीले दिएको विवादित राष्ट्रसम्बन्धी अभिव्यक्ति सच्याउन पनि माग गरिन्।

प्रतिकृया