सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ०२:४०
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १९ वसन्त पार गरेर २०औँ बर्षमा प्रवेश गरेको छ । २०औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय ‘रक्तदान जीवनदान –हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसको कमलादीस्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो । साथै २०औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षको उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पेबाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।




प्रतिकृया