• २९ असार २०८३, सोमबार
  • ३:४३ बिहान

विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा, फ्रान्स–स्पेन र अर्जेन्टिना–इङ्ल्यान्ड भिड्ने

प्रकाशित मिति

२०८३ असार २८ गते, आईतवार १०:२१

२८ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान बनाएपछि सेमिफाइनल खेल्ने टोलीहरूको टुङ्गो लागेको हो।

पहिलो सेमिफाइनलमा साविक उपविजेता फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। यो खेल नेपाली समयअनुसार बुधबार राति १२:४५ बजे सुरु हुनेछ। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने स्पेनले सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको थियो।

Kamana Sewa

दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार बिहीबार राति १२:४५ बजे सुरु हुनेछ। अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितिसकेको छ भने इङ्ल्यान्डले आफ्नो एकमात्र विश्वकप उपाधि सन् १९६६ मा जितेको थियो।

Classic Tech Desktop

विशेष कुरा, यसपटक सेमिफाइनलमा पुगेका चारै टोली कम्तीमा एकपटक फिफा विश्वकपको उपाधि जितिसकेका राष्ट्र हुन्, जसले उपाधि होडलाई अझ रोमाञ्चक बनाएको छ।

प्रतिकृया