• २९ असार २०८३, सोमबार
  • २:३९ बिहान

देशभर ४५.८१ प्रतिशत मात्रै धान रोपाइँ, गत वर्षभन्दा प्रगति सुस्त

प्रकाशित मिति

२०८३ असार २८ गते, आईतवार १०:२७

२८ असार २०८३ काठमाडौं – देशभर असार २६ गतेसम्म कुल धान खेतीयोग्य क्षेत्रफलको ४५.८१ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष रोपाइँको गति गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा सुस्त देखिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर रहेको १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ६ लाख २७ हजार ५६६ हेक्टरमा मात्रै धान रोपिएको छ। गत वर्ष यही अवधिसम्म ५९.२८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको थियो।

Kamana Sewa

प्रदेशगत रूपमा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६५.९ प्रतिशत धान रोपाइँ भएको छ। त्यसपछि लुम्बिनीमा ५९.६ प्रतिशत, सुदूरपश्चिममा ५७.९ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत र कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

Classic Tech Desktop

गत वर्ष सोही अवधिमा सुदूरपश्चिममा ९३.१० प्रतिशत, कर्णालीमा ८३.२३ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, गण्डकीमा ७१.०३ प्रतिशत, कोशीमा ४१.३२ प्रतिशत र मधेशमा ३३.७८ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको थियो।

मन्त्रालयका अनुसार यस वर्ष अधिकांश प्रदेशमा रोपाइँको प्रगति घट्नुका मुख्य कारण मनसुन ढिलो सुरु हुनु तथा रासायनिक मलको पर्याप्त उपलब्धता नहुनु हो।

प्रतिकृया