• २४ असार २०८३, बुधबार
  • १२:४१ बिहान

सबै उपसूचक हरियाली, नेप्से २४.५७ अंकले उकालो

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०३:१०

२३ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार २४.५७ अंकले बढेर २,६५१.६८ बिन्दुमा पुगेको छ। बजारमा सबै उपसूचक हरियाली हुँदा लगानीकर्ताको उत्साह पनि बढेको देखिएको छ।

आज ३५२ कम्पनीका ९५ लाख १९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४० करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारका क्रममा १३ वटै उपसूचकमा वृद्धि भएको छ। वाणिज्य बैंक समूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशतले बढ्दा विकास बैंक समूह १.१३ प्रतिशत र फाइनान्स समूह ०.५७ प्रतिशतले उकालो लागेको छ।

Kamana Sewa

लगातार केही दिनको उतारचढावपछि सबै क्षेत्रको शेयर मूल्यमा सुधार देखिँदा समग्र बजार सकारात्मक बनेको हो। बैंकिङ, विकास बैंक तथा वित्त समूहको अग्रतामा बजार बढेपछि नेप्से परिसूचकले पनि उल्लेख्य अंकको वृद्धि हासिल गरेको छ।

Classic Tech Desktop

प्रतिकृया