• २४ असार २०८३, बुधबार
  • १२:३६ बिहान

विश्वकपबाट बाहिरिएपछि रोनाल्डो: यो अन्तिम विश्वकप, सन्यासबारे पछि निर्णय गर्ने

प्रकाशित मिति

२०८३ असार २३ गते, मंगलवार ०९:०४

२३ असार २०८३ काठमाडौं –  पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्तिम–१६ मै टुंगिएको छ। स्पेनसँग १–० ले पराजित भएपछि ४१ वर्षीय रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने संकेत दिएका छन्। डलासमा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा इन्जुरी समयको अन्तिम क्षणमा मिकेल मेरिनोले गरेको निर्णायक गोलले स्पेनलाई क्वाटरफाइनलमा पुर्‍यायो भने पोर्चुगलको विश्वकप यात्रा समाप्त भयो।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै रोनाल्डोले हारप्रति दुःख व्यक्त गर्दै स्पेनले “थोरै भाग्य”को साथ गोल गरेको प्रतिक्रिया दिए। “यसरी विश्वकपबाट बाहिरिनुपर्दा निकै दुःख लागेको छ। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरेँ, सबै दिएँ र अहिले पनि मेरो अन्तर्मन शान्त छ,” उनले भने। रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको स्वीकार गरे पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने वा नलिने विषयमा भने हतारमा निर्णय नगर्ने स्पष्ट पारे।

Kamana Sewa

“अब केही समय परिवारसँग बिताउनेछु र भविष्यबारे शान्त भएर सोच्नेछु। म भावनामा बगेर निर्णय गर्ने व्यक्ति होइन,” उनले भने। उनले आफ्नो व्यक्तिगत भविष्यभन्दा टोलीको प्रदर्शनलाई प्राथमिकता दिँदै पोर्चुगलका लागि दिएको योगदानप्रति गर्व व्यक्त गरे। आफ्नो कप्तानीमा पोर्चुगलले सन् २०१६ को युरोपियन च्याम्पियनसिप तथा २०१९ र २०२५ को नेसन्स लिग जितेको स्मरण गर्दै उनले भने, “क्रिस्टियानो रोनाल्डोअघि पोर्चुगलले कुनै पनि ठूलो उपाधि जितेको थिएन।”

Classic Tech Desktop

रोनाल्डोले सन् २०१६ को युरोपियन च्याम्पियनसिप आफ्नो करियरकै सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक रहेको उल्लेख गर्दै त्यसलाई विश्वकप उपाधिसरह मूल्यवान् भएको बताए। विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि पदबाट हट्ने घोषणा गरेका छन्। रोनाल्डोले मार्टिनेजको प्रशंसा गर्दै उनलाई उत्कृष्ट प्रशिक्षक र असल व्यक्तित्वको रूपमा चित्रण गरे।

“उहाँसँग काम गर्न पाउँदा निकै राम्रो लाग्यो। पोर्चुगलका लागि उहाँले गरेको योगदान प्रशंसायोग्य छ,” उनले भने। रोनाल्डोले अन्त्यमा टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गर्दै हारलाई स्वीकार गर्नुपर्ने अवस्था आएको बताए। “यस्तो ढंगले बाहिरिनुपर्दा पीडा हुन्छ। तर हामीले राम्रो खेल्यौं। खेल जुनसुकै टोलीको पक्षमा जान सक्थ्यो, तर फुटबल यस्तै हो। अब फेरि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ,” उनले भने।

प्रतिकृया