सरकारको तीनदिने अल्टिमेटम : सरकारी जग्गामा रहेका ट्रेड युनियनका कार्यालय खाली गर्न निर्देशन
प्रकाशित मिति
२०८३ असार २२ गते, सोमबार ०५:४०
२२ असार २०८३ काठमाडौं – सरकारले निजामती कर्मचारीका विभिन्न ट्रेड युनियनलाई सरकारी जग्गामा रहेका कार्यालय तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै आठवटा ट्रेड युनियनलाई तोकिएको समयभित्र कार्यालय खाली गरी भवनको साँचो तथा सम्बन्धित कागजात बुझाउन अल्टिमेटम दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा तीन दिनभित्र कार्यालय खाली नगरे तथा साँचो र आवश्यक कागजात नबुझाए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

सरकारको यो निर्णयसँगै लामो समयदेखि सरकारी परिसरमा सञ्चालन हुँदै आएका ट्रेड युनियनका कार्यालय हटाउने प्रक्रिया अघि बढेको छ। मन्त्रालयले सरकारी सम्पत्तिको उचित उपयोग तथा व्यवस्थापनका लागि यो कदम चालिएको जनाएको छ।

यस विषयमा सम्बन्धित ट्रेड युनियनहरूले भने सरकारको निर्णयबारे छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।




प्रतिकृया