२५ दल–घटकको एकतापछि नेकपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
प्रकाशित मिति
२०८३ असार १५ गते, सोमबार ०९:३५
१५ असार २०८३ काठमाडौं- २५ वटा विभिन्न राजनीतिक घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टी स्रोतका अनुसार ऐतिहासिक एकतापछिको पहिलो केन्द्रीय समिति बैठक आगामी सोमबार अपराह्न ४:३० बजे भर्चुअल माध्यमबाट बस्ने तय भएको छ।
पार्टी नेता रामकुमार भट्टराईका अनुसार बैठकमा नवगठित पार्टीको संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने उद्देश्यले पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य एजेन्डा रहेको छ। २५ वटा राजनीतिक समूह तथा घटकहरू एकीकृत भएर नयाँ स्वरूपमा गठन भएको नेकपाको यो पहिलो केन्द्रीय समिति बैठक भएकाले पार्टीभित्र र राजनीतिक वृत्तमा यसलाई महत्वका साथ हेरिएको छ।

बैठकबाट पार्टीको आन्तरिक सञ्चालन, संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमका विषयमा समेत आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।





प्रतिकृया