• १५ असोज २०८३, बिहीबार
  • ७ः३६ बिहान

किशोर श्रेष्ठलाई थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०९:४७

२९ साउन २०८३ काठमाडौं – जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनका तर्फबाट रिट दर्ता गरेकी हुन्। बिनाआधार पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै रिटमा श्रेष्ठलाई तत्काल थुनामुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न माग गरिएको छ।

National Life

रिटको सुनुवाइका लागि सर्वोच्च अदालतले आज पेसी तोकेको छ। व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा प्रहरीले श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको थियो। पक्राउपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गर्ने अनुमति दिएको छ।

श्रेष्ठको पक्राउलाई लिएर कानुन व्यवसायी तथा सञ्चार क्षेत्रबाट समेत चासो व्यक्त भइरहेको छ। रिटमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामा राख्नु कानुनसम्मत भए–नभएकोबारे आदेश दिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया