• १४ असोज २०८३, बुधबार
  • ९ः१५ राती

सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, २ अर्ब ९ करोड पुग्यो

प्रकाशित मिति

२०८३ श्रावण २९ गते, शुक्रबार ०९:२४

२९ साउन २०८३ काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनलले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेको हो। अघिल्लो आवमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ थियो।

National Life

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। अघिल्लो आवमा ८.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत आवमा बढेर १३.५३ रुपैयाँ पुगेको छ। बैंकको कोर क्यापिटलअन्तर्गत टियर–१ पुँजी पर्याप्तता अनुपात ८.९५ प्रतिशतबाट बढेर ९.२३ प्रतिशत पुगेको छ। समग्र पुँजी पर्याप्तता अनुपात भने १२.४७ प्रतिशत कायम रहेको छ।

बैंकको नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्जमा आएको उल्लेख्य कमीको समेत योगदान देखिएको छ। अघिल्लो आवमा २ अर्ब ६८ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट एक्सपेन्स गत आवमा ६९.०५ प्रतिशतले घटेर ८२ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ। यसबाट बैंकको इम्पेयरमेन्ट खर्च करिब १ अर्ब ८५ करोड रुपैयाँले घटेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, बैंकको निक्षेप लागत ४.४९ प्रतिशतबाट घटेर ३.३६ प्रतिशतमा आएको छ भने आधारदर ६.२५ प्रतिशतबाट घटेर ५.०४ प्रतिशत कायम भएको छ। बैंकको नेट फी तथा कमिसन आम्दानी ६.३३ प्रतिशतले बढेर १ अर्ब ४३ करोड २३ लाख ३१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, नेट ट्रेडिङ तथा अन्य सञ्चालन आम्दानी ५१.१२ प्रतिशतले बढेर ६२ करोड ३१ लाख ९१ हजार रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था तथा आवश्यक समायोजनपछि बैंकको वितरणयोग्य नाफा ५२ करोड ३१ लाख रुपैयाँ कायम भएको छ। यो चुक्ता पुँजीको ३.३७ प्रतिशत बराबर हो। बैंकका अनुसार वितरणयोग्य नाफा तुलनात्मक रूपमा कम देखिनु सञ्चालन तथा नाफा क्षमतामा कमी आएका कारण नभई नियामकीय प्रावधानअनुसार गरिएको समायोजनको प्रभाव हो।

यद्यपि, बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ। अघिल्लो आवमा ४.८९ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आवमा बढेर ५.८८ प्रतिशत पुगेको छ। गत असार मसान्तसम्म बैंकले २ खर्ब ३३ अर्ब ८१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको कर्जा लगानी १ खर्ब ७७ अर्ब ३३ करोड २२ लाख रुपैयाँ पुगेको छ।

प्रतिकृया